Friday, December 18, 2009
Congratulations....!!
Wednesday, December 16, 2009
Episode 16, December 16-2009 "रातो गुलाब" विशेष
कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो ।
एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।
साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे – के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए – भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।
सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् – रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए । (अच्युत घिमिरे)
This Episode can be downloaded Click Here to Download
Time (s) Downloaded.
Wednesday, December 9, 2009
Episode 15, December 9-2009
हाम्रा पिता पूर्खालाई धन्यवाद जसले हामीलाई यो युगमा जन्म दिए । जहाँ २ कोश परका मान्छेलाई दमाहा ठोकेर ध्यानाकर्षण गरी अंजुलीले मुख ढाकेर चर्को आवाजमा बोलाइएको कट्वाल पनि सुनियो अनि उज्यालाको स्टुडियोमा बोलेको बुलबुलको बोली अहिले जस्ताको तस्तै अमेरिकाको भर्जिनिया वा कतारको दोहा, वा थाइल्याण्डको बंैकक वा अफ्रिकाको नाइजेरियामा एकैसाथ सुनिरहिएको छ । यदि भाग्य छ र हामी भाग्यमा विश्वास गर्छौं भने गर्वका साथ हामीले भन्नुपर्छ – हामी भाग्यमानी हौं । विश्वलाई साँघुरो गाउँ बनाएका छौं प्रविधिकै माध्यमले । यो स्टुडियो भित्र यति मसिनो गरी बोलेको आवाज पृथ्वीभरि उत्रै स्वरमा तरंगित हुनु वास्तवमै आश्चर्य पनि हो । यसको ज्वलन्त उदाहरण आज मैंले बुलबुल मार्फत विदेश बस्नेले हाम्रै पाखा पखेरामा वा शहर शेहरामा बसेका आफन्तहरुमा पठाएका सन्देशहरु लिएर आएको छु । जो यो आवाज संगसंगै एकैसाथ प्रेषक वा प्रापक सम्म जानेछ । बुलबुल त मात्र माध्यम हो । विचार तपाईंको हो, प्रापक पनि तपाईं आफैं हो । बुलबुलले एक मान्छेसंग अर्को मान्छेलाई मित्रको माध्यममा जोडेको, प्रेमी प्रेमीकाको माध्यममा जोडेको, पराया ठाउँमा परिचयको माध्यम बनेको सैयौं उदाहरण मै संग साक्षी छन् । साधुवाद सबैप्रति, यो प्रीति युग युग सम्म बाँचिरहोस् । (अच्युत घिमिरे)
यसपाली बाबालाई टोपी किन्न आँउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
गोली चल्न छोडे भन्छन् ।
सास फेर्न पाइन्छ कि ।
दुइ चार पैसा बोकिकन रिन छिन्न आउछु ।
धैर्य गर मेरी प्रिय छोरा चिन्न आउछु । (यम बुढा मगर, दुबई)
This Episode can be downloaded Click Here to Download
Wednesday, December 2, 2009
Episode 14, December 2-2009
कति जिद्धि गछौ तिमी रहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया ।
शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै ।
नाना भाती बयान बोक्ने बहरले हुन्न माया ।
रोमै दिन्छु भन्छौ सधै सहरले हुन्न माया । ( निर्मला थापा, काठमाडौं )
This Episode can be downloaded Click Here to Download