Monday, November 9, 2009

Episode 9, November 1-2009

सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई “गजालुल कल्व” अर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।(अच्युत घिमिरे)



This Episode can also be downloaded Click Here to Download

2 comments:

  1. अच्युत जी, मैले बिना अनुमति मेरो वेबसाइट http://www.majheri.co.cc/ मा तपाई को ब्लॉग http://bulbulprogram.blogspot.com/ बाट केही सारेको छू. यदि अनुपयुक्त भएमा prakash.kandel@ntc.net.np मा जनाइदिनुहुन्छ भन्ने आशा लिएको छू!

    -प्रकाश कंडेल
    http://www.majheri.co.cc/

    ReplyDelete
  2. Sarwatra jee, maile hajur ko blog here, ramro laagyo prayog garnu bhayeko ma mero research lai. Tara yo blog mero haina, AIT ma adhyanrat Kumar Pudasaini jee ko ho. Tara yo blog uha le suru gare pachhi yeska lagi kehi sahayog maile pani gareko chhu uhalai. Teskaran sir le yo "thanks" malai 5% dinu bhako bhaye 95% uhalai dinu hola. Tapai ko site pani ghazal prati samarpit rahechha, falos fulos, mero saadhubaad !!!

    Achyut Ghimire
    Bulbul

    ReplyDelete