गजल गायन क्षेत्रमा पंकज उदासका गजलहरु बेग्लै शैलीका गायनमा छन् । उनकै पनि पूराना गजल र नयाँ गजल गायनमा ठूलो पृथकता छ । पंकज उदासलाई शास्त्रीय शैलीमा गजल नगाउने गायक भन्ने आरोप पनि हामी जस्तै गजलप्रेमी एउटा वर्गको छ । उनको आवाजमा हुरुक्कै हुनेहरुको पनि एउटा ठूलो जमात । आज पंकजका गजल सुन्ने र पर्गेल्ने जिम्मा तपाईंलाई । (अच्युत घिमिरे)
Tuesday, November 24, 2009
Episode 13, November 25-2009
Sunday, November 22, 2009
Episode 12, November 22-2009
स्कूले जीवन पार गरेको आज १२ वर्ष बितेछ । यो बीचमा कैयौं नयाँ दुनियाँ देखियो, कैयौं उकाली ओराली फेरि गरियो । खै कुन सुख हो कुन दुख आज हिसाब लगाउन गाह्रो भइरहेछ । चक्र झैं घुमी घुमी जीवन चल्यो । आज दुई विषयमा मास्टर डिग्री सकिएको छ । अब तिनै मेरा स्कूले शिक्षक जस्तै आदर्श म रटाइरहेछु मेरा क्याम्पसका छात्र छात्रालाई । उसैगरी, उही शैलीले । आफ्नो जीवनमा निराशाका पक्षहरु बढी भेटेपछि एउटा गन्तव्य भुलेको यात्री जस्तो एक्लो पाउँछु आफूलाई । मेरा प्रत्येक विचारहरु यो समाजको मापदण्ड भन्दा बाहिर छ । हरेकका सोचाइ हरेकसंग कहाँ मिल्छ र ? गलत भनेको प्रत्येक कुरा कहाँ सधैं गलत रहन्छ र ? Everything is not always wrong, even a stop watch can give right time twice a day कुनैपनि कुरा सधैं गलत हुँदैन । एउटा रोकिएको घडी स्टप वाचले पनि दिनको दुई पटक सही समय दिन्छ ।
Thursday, November 12, 2009
Episode 11, November 15-2009 नेपाली गज़ल बिशेष
समयले जवानी यो लुटेपछि आयौ
तिमी र म संगसंगै गर्नुहुन्थ्यो यात्रा
जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ
ओइलिएका रहरहरु पलाउँछन् कि फेरि
सम्झनाको असीनाले चुटेपछि आयौ (कादम्बिनी)
Monday, November 9, 2009
Episode 10, November 8-2009
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं – बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा ।” एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गछौ |(अच्युत घिमिरे)
Episode 9, November 1-2009
सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई “गजालुल कल्व” अर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।(अच्युत घिमिरे)
Episode 8, October 25-2009
जिस कारण मे जोगन बनी, कहीं वही न जलता होए
तुलसी एैसी प्रीत न कर्, जैसी लम्बी खुजुर
धुप लगे तो छावँ नहीं, भुक लगे फल दूर |
Episode 7, October 18-2009
गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु
पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु
सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु
बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु ('निष्प्रभ सजी')
Episode 6, October 11-2009
उडेर नजानु फेरी तिमी मेरी बुलबुल
एक रुखबाट अर्को रुखमा
फुत्त फुत्त उड्छौ देखाई तिम्रो चुलबुल
चिर्र चिर्र तिम्रो आवाजमा
माधुर्य दौडिन्छ कानमा खुलबुल खुलबुल
प्रतिक्षा गराई पुरई हप्ता दिनमा
उज्यालो संगै आउछे मेरी बुलबुल, मेरी बुलबुल (Shikhar Vaidya)
Episode 5, October 4-2009
संगीहरुको हुलमा हुदा मलाई उसले डाकेपछि ।
के गरु म रातो गुलाफ मेरै सामु राखेपछि ।
उम्काउनलाई प्रयास मैले नगरेको होइन,
कति गरु अस्वीकार गर्दा गर्दै थाकेपछि ।
उसका पछि लाग्ने पनि थिए होलान् कति कति,
गल्दै गए नजर बाडले मलाई मात्र ताकेपछि ।
उ मेरो अनि म उसकै लागी जन्मेको रे
हार खाए मलाइ पाउन देवी देवता भाकेपछि ।
फलाम होइन मेरो मन पगाल्नलाइ आगो चाहिने
विवश भए उसको माया जालले मलाइ ढाकेपछि ।
शनैः शनैः छहारीको अभाव दुख्न थाल्यो
गरें स्वीकार म मा पनि मायाको बेल पाकेपछि । (आस्था दाहाल)
Episode 4, September 27-2009
गीत र गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो । (अच्युत घिमिरे)
Episode 3, September 20-2009 नेपाली गज़ल बिशेष
आउनु महिना दिन को बिदा मागेर प्रिया
आउनु महिना दिन को बिदा मागेर प्रिया
लेउनु दशै तिहार सँगइ डाकेर प्रिया
हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
हेर्नु है धुर्ब तारालाई मन बाधेर प्रिया
दशैमा नाउनी भए बाटो नहेर प्रिया (गोपी दवाडि,अजिता अधिकारि)
Click Here to Download
-1 Time(s) Downloaded.
Episode 2, September 13-2009
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
पहाड बनि उभिएर कसले बाटो छेक्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया
तिमी फुल्थयौ बगैचामा म फुल्दथे भिर पाखामा
हाम्रा कथा बंग्रयाएर कसले आज लेख्यो प्रिया
युगौ युगको चोखो माया कसले आज रेट्यो प्रिया (श्रेष्ठ पिया पथ्थर)